२० वर्षपछि आयो ‘फेरि कुनै जादु’



काठमाडौँ। नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ। २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा आएको हो। अमेरिकामा रहँदै आएका व्याण्डका भोकलिष्ट प्रइन सिंहले लकडाउनको समयलाई सदुपयोग गर्दै स्टुडियोमा एक्लै बसेर कुनै जादु बोलको सो गीत यत्तिकै पियानो बजाएर गाई साथीहरुलाई
पठाउँदा सबैले मन पराई पियानोमा त झनै राम्रो सुनियो भन्दै सार्वजनिक गर्न सल्लाह दिएपछि उनले पियानोको भरमा गाएको गीत युट्युब मार्फत
सार्वजनिक गरेका हुन्।

यो गीत द भाइब्ज व्याण्डका भोकलिष्ट प्रइनको पहिलो कम्पोजिशन थियो। प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रुपमा कार्यरत छन्। उनको दाजुभाई नै
संगीतकर्मी हुन्। उनका दाई मनोज सिंह ग्रामी अवार्ड मनोनयनमा पर्न सफल संगीतकर्मीसमेत हुन्। द भाइब्ज व्याण्डका हरेक गीतमा मनोजले नै बाँसुरी
वादन गर्दै आएका छन्। २ दशकअघिको यो गीत अर्चना श्रेष्ठले रचना गरेकी हुन्। संगीत पनि प्रइनको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.