उर्मिलाको गीतमा पूजा शर्मा र राज कटुवालको ठुम्का (भिडियो)



काठमाडौँ। नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको आवाजमा समावेश यो पहिलो गीत हो ।

दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.