निशान भट्टराई र सोनिका लामाको ‘आटोपिठो’ मा एलिजा र पलको रोमान्स (भिडियो)



काठमाडौँ। निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत ‘आटो-पिठो’ सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा अभिनेता तथा मोडल पल शाह र एलिजा गौतमको प्रस्तुति देख्न सकिन्छ।

सार्वजनिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। राम कुमार केसीको सिनेमाटोग्राफी रहेको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । लाहुरबाट फर्केपछि घर-परिवारसँगै बाँकी जिन्दगी बिताउने भाव गीतले व्यक्त गरेको छ।
एक साता अघि सार्वजनिक भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.