डा. श्रेष्ठ दम्पतीको ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक (भिडियो )



काठमाडौँ। वरिष्ठ बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठ गीत रचना र अभिनय संगै नेपाली सागीतिक आकाशमा प्रवेश गरेका छ्न। भक्तपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठद्वारा रचित गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचित गीत ‘तिम्रो आँखाको भाकामा’ सनुप पौडेलको स्वर र सुमन रंजीतकारको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाइ ओएसआर डिजिटलको यूट्युब च्यानलबाट केहि दिन पहिला सार्वजनिक गरिएको हो।
डा.श्रेष्ठ तथा उनकी धर्मपत्नी सरु बुढाथोकी अभिनित गीतको म्युजिक भिडियोलाइ जीवन आचार्यले निर्देशन गरेका हुन जीवन रिजालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

गीतकार डा.श्रेष्ठले यो ‘तिम्रो आँखाको भाकामा’ गीतलाई केहि वर्षअघि आफ्नी जीवनसंगीनीलाइ प्रेम अभिव्यक्त गर्नका लागि कविताको रुपमा रचना गरेको र पछि उनका साथीहरु सामु त्यही कवितालाई सुनाउदा उनका साथी संगीतकार सुमन रंजीतकारले यसलाई संगीतबद्ध गर्ने प्रस्ताव गरेपछि यो गीत बनेको जानकारी दिनु भयो ।’तिम्रो आँखाको भाकामा’ गीतको भिडियोलाइ डा. श्रेष्ठ दम्पतीको आफ्नै कथामा बनाइएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.