‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन



काठमाडौँ। चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । ४२ बर्ष उमेरका गुरुङको मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा निधन भएको हो । लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए । उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण प्रदर्शन रोकिएको छ हुन । हाल छेतन प्रेम गीत टिमसँगै मिलेर ‘हुतुतु’ नामक चलचित्र निर्देशनको तयारीमा थिए । हाल चलचित्रको स्कृप्ट काम भइरहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.