बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित



एजेन्सी। बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएका छन्। उनले आफू कोरोना पोजिटिभ भएको जानकारी इन्स्टाग्राममार्फत दिएका छन्। उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार आएको हो। अभिनेता कपुरले आइतबार आएको रिपोर्टमा आफू कोरोना पोजिटिभ भएको भन्दै होम क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। उनले आफू संक्रमित भएकोबारे जानकारी दिनु आफ्नो कर्तव्य भएको बताएका छन्।

यसअघि अमिताभ बच्चनसहित उनको परिवार, अनुपम खेरको परिवार पनि कोरोना संक्रमित भएको थियो। उनीहरु सबै हाल कोरोनाबाट मुक्त भइसकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.