‘ब्ल्याक प्यान्थर’ अभिनेता बोजम्यानको निधन



एजेन्सी । हलिउड स्टार चाडविक बोजम्यानको निधन भएको छ । ‘ब्ल्याक प्यान्थर’ स्टार बोजम्यानको ४२ वर्षको उमेरमा निधन भएको हो । बोडम्यानको कोलोन क्यान्सरका कारण निधन भएको हो । मार्भा स्टूडियोबाट निर्माण भएका सुपरहिरो चलचित्रमा उनले काम गरिरहेका थिए । उनले खेलेको ‘ब्ल्याक प्यान्थर’का साथै मार्भलका चलचित्रहरु लोकप्रिय भएका थिए । उनलाई चार बर्ष अगाडि पेटको क्यान्सर भएको थियो ।

सन् २००८ मा ‘दि एक्सप्रेसः दि अर्नी डेभिस स्टोरी’बाट करिअर यात्रा सुरु गरेका उनले सन् २०१३ मा रिलिज भएको अमेरिकामा बास्केटबल खेलाडी ज्याकी रोबिन्सनको जीवनीमा आधारित रहेर तयार पारिएको चलचित्र ‘४२’बाट आफूलाई मनोरञ्जन दुनियाँमा स्थापित गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.