प्रेम वियोगान्त गीतमा हेमन्त र उषाको बेदना (भिडियो)


काठमाडौँ। गायक तथा सारंगी बादक हेमन्त कान्छाको नयाँ गीत दुई दिन हँसायो (किन होला खै को भाग २) सार्वजनिक भएको छ । राजकुमार बगरको लय तथा शब्द सिर्जना रहेको वियोगान्त गीत उत्कृष्ट बनेको छ । गीतलाई हेमन्त आफैले संगीत संयोजन समेत गरेका छन भने अभिनय समेत उनको रहको छ ।

गीतमा उनको निर्देशन रहेको छ भने उनलाइ अभिनयमा उषा सुवेदी र शिशिर भण्डारीले साथ दिएका छन । अनिल के मानन्धरले छायाँकन गरेको भिडियोलाइ सम्पादन तथा कलर बिकाश ज्ञवालीले गरेका छन् ।