सुगम र प्रारम्भको ‘धन्यवाद’ (भिडियो)


bhandari
काठमाडौँ। गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो । ‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् ।

गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नुपर्ने संदेश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिरहेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रंटलाइन वर्कर्सलाई यस गीत मार्फत धन्यवाद दिइएको छ । गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । भिडियो उत्तम हुमागाईं र असू बस्नेतले खिचेका हुन् भने भिडियोमा सम्पादन लोकेश बज्राचार्यको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.