दुई जोडी प्रेमी प्रेमिकाको ‘हुन्छ खोसा खोस'(भिडियो)



काठमाडौँ। सागर लम्साल ‘बले’, मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड ‘हुन्छ खोसा-खोस’ सार्वजनिक गरिएको छ । यी दुई जोडी पछिल्लो समय प्रेम सम्बन्धका कारण पनि निकै चर्चामा छ ।

सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर,सुनिल बिसीको शब्द ,सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ । गायक भण्डारीले यस अघि बनपालेको लौरी , ओठैमा लाली , मृत्युयोग ,स्याऊ ल्याइदिउ की केरा , नियति लगायतका दर्जनौ गीतहरु बजारमा ल्याईसकेका छन् ।

रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा राम कुमार केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र बिमला तामांगको मेकअप समाबेश रहेको छ । गीतलाइ राजन नेपालले निर्माण गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.