सुदन र मेलिनाको ‘उडी जाने जेट’मा विजु र एलिशाको नृत्य (भिडियो)



काठमाडौँ । गायक सुदन गैरे र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘उडी जाने जेट’ बोलको गीतमा संगीत सुबाश भुषाल र शब्द रचना लेखु सहयात्रीको रहेको छ। उदय राज पौडेलको संगीत संयोजन रहेको गीत डान्सिङ्ग बिटमा बनेको छ।

गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा बिजु पार्की र एलिशा शर्मा फिचर्ड छन्। प्रमोद के भण्डारीले कोरियोग्राफी तथा अनिल के मानन्धरले छायाँकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन र दिन्सन शाहले कलर संयोजन गरेका छन्। भिडियोलाई गायक सुदन गैरेको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।