प्रोड्युसर पास


 (सेलिब्रेटी नेपाल) १२ बैशाख-नेपाली चलचित्र उद्योगकै बिषय बस्तुमा आधारित रहेर निर्माण  गरिएको चलचित्र ‘प्रोड्युसर’ लाइ सेन्सर पास भयको छ । सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। यस सर्टिफिकेट संगै अब “प्रोड्युसर” लाई सबै वर्गका दर्शकहरुले हेर्न पाउने भएका छन्। चलचित्रमा चलचित्र निर्माण गर्दाका समस्या हरु लाई प्रस्तुत गरियको हुनाले चलचित्रको ब्यबसाय राम्रो हुनेमा निर्माण पक्ष ढुक्क छन् । हेरिसकेपछि सेन्सर बोर्डका अध्यक्ष नारायण प्रसाद संजेलले आफ्नै क्षेत्रको बिषयबस्तुमा केन्द्रित रही राम्रो चलचित्र बनाएकोमा निर्माता राज कुमार राई र निर्देशक जनक दिप पराजुलीलाई बधाई समेत दिएका छन् ।
ज्योतिराज राईको चलचित्र ‘प्रोड्युसर’ आर.सी. पिक्चर्स र द मिडियाज कलेक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो। चलचित्रको प्रदर्शन मिति सार्बजनिक गरियको छैन । चलचित्रमा बाबु बोगटी, विल्सन बिक्रम राई, श्याम अर्याल, स्वेता भट्टराई, श्याम राइर  पायल रायमाझीको मुख्य भूमिका रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.