दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’को प्रदर्शन मिति तय



काठमाडौँ। चलचित्र पशुपति प्रसाद र आमा निर्देशन गरेर बेग्लै पहिचान बनाई सकेका निर्देशक दिपेन्द्र के.खनालले लेखन तथा निर्देशन गर्ने नयाँ चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अर्को बर्ष भाद्र ११ गते चलचित्र ‘चिसो मान्छे’लाई प्रदर्शनमा ल्याउने निर्माण टिमले जानकारी दिएको छ।

अहिलेको विषम परिस्थितिले सिर्जित अन्योल चाडैं नै अन्त हुनेछ भन्ने आशा र नेपाली चलचित्र क्षेत्रलाई पुनः चलाएमान बनाउनु पर्छ भन्ने सोचका साथ निर्माण गर्ने ‘चिसो मान्छे’ नामक नेपाली चलचित्रको निर्माण कार्य अगाडी बढिरहेको खनालले बताए । यो कोरोनाको कहर कम भयर चलचित्रको छायाँकन गर्ने अवस्था आउना साथ चलचित्रको छायाँकन थालनी गर्ने निर्देशक खनालले बताए।

डि .एस डिजिटलको ब्यानरमा शर्मिला पाण्डे निर्माता रहेको चलचित्रमा काम गर्ने कलाकारहरु फाइनल भई सकेको तर सम्झौता गर्न बाँकि भएकोले अहिले सार्वजनिक गर्न नमिल्ने पनि निर्देशकले खुलाए। सामाजिक बिषयमा निर्माण हुने चलचित्रको स्क्रिप्टको काम सकिएको छ। चलचित्रलाई काठमाडौँमा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले बितरणको जिम्मा लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.