प्रमोदको गीतमा कुसुम र प्रथम भए ‘घिटी घिटी'(भिडियो)



काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ को भिडियो सार्वजनिक गरिएको छ । भीम बिसीको संगीत, टीका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र बियोगी हुन् ।

प्रथम क्षत्री र कुसुम गुरुङको अभिनय रहेको भिडियोमा मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमीको आत्महत्यापछि आफ्नो जीवन घिटी घिटी सास मात्र अड्काएको थिम उठाइएको छ । एउटा थिएटर भित्र पुरै म्युजिक भिडियो सकिएको छ ।

भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत प्रथम क्षत्रीले नै गरेका हुन् । प्रथम चलचित्रमा अभिनय, म्युजिक भिडियो मोडलिङ, निर्देशन, कोरियोग्राफीमा आफुलाई अब्बल साबित गर्दै अगाडि बढेका छन् । सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायाँकन र अनन्त घिमिरेको सम्पादन रहेको छ ।