‘लकडाउन’पछि रामजीको ‘डार्क मुन’ (भिडियोसहित)


काठमाडौं । यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका पत्रकार रामजी ज्ञवालीले नयाँ छोटो चलचित्र सार्वजनिक गरेका छन्।

एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनिक गरिएको हो।
चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् ।

साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर हुन् । सुर्या केहि चलचित्रमा अभिनेत्रीको भुमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका वालकलाकार हुन् । सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको निर्देशक ज्ञवाली बताउँछन्। उनी भन्छन्, –‘यो समाजको यथार्थ तस्वीर हो । आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने शन्देश दिनु यसको उद्धेश्य हो ।’

डार्क मुनको कथा नेपाली चलचित्र उद्योगका सफल चलचित्र लेखक प्रदीप भारद्धाजले लेखेका हुन्। कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन्। चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ।

चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ।

https://youtu.be/C7T94cRTjhM

 

Copyright © 2012 - 2026 | All Right Reserved.