बरुण धवन र सारा अलिको ‘कुली नं १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने



एजेन्सी। वरुण धवन र सारा अली खान अभिनित हिन्दि फिल्म ‘कुली नं १’ मा एक साथ देखिने भएका छन् । मे २०२० मा रिलिज हुने तयारीमा रहेको फिल्म कोरोना भाइरस महामारी र लकडाउनको कारण रिलिज रोकियो। निर्माण युनिट फिल्मलाई सिनेमा हलमा नै रिलिज गर्ने तयारीमा रहेका थिए तर अब फिल्म प्रीमियर ओटीटी प्लेटफर्म मार्फत गर्ने भएको छ । दिपावलीको अवसरमा फिल्म ओटीटी प्लेटफर्म मार्फत रिलिज हुनेछ।

डेविड धवनको निर्देशनमा बनेको ‘कुली नं १’ दीपावलीमा रिलीज हुन लागेको बलीवुड हंगामाले लेखेको छ । दीपावली ठुलो चाड हो यसको अवसरमा राम्रो दर्शक पाउन सक्ने निर्माण पक्षको सोच रहेको छ। सिनेमा हल खुल्ने निश्चित अझै निश्चित नभएकोले फिल्म ओटीटी प्लेटफर्म मा नै रिलिज गर्ने निर्माण पक्षले निर्णय गरेको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.