‘मञ्जरी’को नौटंकी सेन्सर पास भयको राज खुल्यो


(सेलिब्रेटी नेपाल) ११ बैशाख -नौटंकी क्षेत्रमा जे पनि हुने गर्दछ भनेर भन्ने मानिसहरु धेरै छन् । हालै फेरी यस्तै नौटंकी  देखियको छ । चलचित्रको सेन्सर सर्टिफिकेट बोकेर सेन्सर बोर्ड लाई गाली गर्दै हिडेर स्क्यान्डल  मचायर चलचित्र चलाउन खोज्ने निर्माता निर्देशक पनि नेपाली चलचित्र भेटिय ।  चलचित्र ‘मञ्जरी’ लाई चैत्र ६ गते नै सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको थाह भएको छ । सेन्सर बोर्डले तिन वटा दृश्यलाई काट्न भन्दै सर्टिफिकेट दिएको थियो । तर यसको निर्माणपक्षले भने सेन्सरले अनावश्यक रुपमा दृश्य काट्न भन्दै दुख दिएको बताउदै चलचित्र को प्रदर्शन मिति नै सारेर सेन्सर लाई गाली गर्दै पत्रकार सम्मेलन गर्दै हिंडेका थिय।चलचित्र सेन्सर बोर्डले दिएको सर्टिफिकेट ‘मञ्जरी’ युनिटसँग सुरक्षित छ ।  ‘मञ्जरी’ युनिटले सर्टिफिकेट लिएर पनि दर्शक र पत्रकारलाई झुक्काएको आरोप धेरैले लगाउन थालेका छन् । ‘मञ्जरी’ युनिटले गरेको पत्रकार सम्मेलनमा पनि सेन्सर बोर्डबाट सर्टिफिकेट लिएको कुरा खुलाइएको थिएन ।

 अहिले सेन्सर पास भयको  बाहिर आय पछि चलचित्रका निर्देशक सेन्सर बोर्डका कर्मचारीले आफ्नो पावरको दुरुपयोग गर्दै घुस खान नपाएपछि ‘मञ्जरी’लाई दुख दिएको आरोप लगाऊँदै हिड्न थालेका छन्। गजब छ राम्रो चलचित्र बनाएमा नेपाली दर्शकले मन पराउने छन् र हल सम्म गयर हेर्ने छन् । कुनै नौटंकी गरि रहनु आबस्यक नै छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.