पलको ‘दिल कमाल भो’


काठमाडौं। नायक पल शाह र नायिका वर्षा राउत अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

रमेश बानियाको शब्द/संगीत तथा स्वरमा ‘दिल कमाल भो’ बोलको गीत सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीको गीतलाई एरेन्ज भने यम थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर, अर्जुन तिवारीको छायाँकन, आशिष पौडेलको ड्रेस समावेश रहेको छ ।