कन्काईष्ट राईको पहिलोटक थ्रिडि भर्सन अडियो सार्वजनिक



सेलिब्रेटी नेपाल,काठमाडौँ। गायक तथा संगीतकार कन्काईष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नेपालमै पहिलापटक थ्रिडि प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ ।

अर्जुन पौडेलको शब्द मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतको लिरिकल भिडियोलाइ थ्रि. डि नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । र सार्वजनिक भिडियोको विष्ट स्वयंमको दृश्य तथा परिकल्पना रहेको छ ।

नेपाली गीत संगीतमा थ्रि. डि. एवं ध्वनी मिश्रणहरुको प्रयोग नभएको कारण यस गीतमा पहिलोपटक अडियालाइ थ्रि डि मिश्रणहरुको प्रयोग गरिएको हो । यस्तो गीतलाइ एयरफोनको माध्यमबाट सुन्दा निक्कै आनन्द आउने टिमले बताएका छन ।

दुई दशकभन्दा अगाडिबाट सांगीतिक क्षेत्रमा सकृय रहेका गाएक तथा संगीतकार कन्काइष्ट राईले तिम्ले माया लाउदा ,मुटुभित्र देउन मलाइ बाँस , अरुकै सिन्दुरले सजिए पनि , काठमाडौको मायै महंगो लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएर श्रोताहरुको मन जितिसकेका छन ।