हाँस्य शृंखला ‘श्रीमती जिन्दावाद’ युट्युबमा



सेलिब्रेटी नेपाल,काठमाडौँ। यतिबेला हांस्य सिरियलहरूले राम्रो दर्शक पाई रहेको अबस्थामा अर्को हांस्य सिरियल आउने भएको छ । हांस्य र पारिवारिक रूपमा निर्माण गरिएको यो सिरियल १३ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको थियौ । त्यतिबेला दर्शकहरू माँझ राम्रो छाप छोडेको टेलिफिल्म ‘श्रीमती जिन्दावाद’ लाई दर्शकहरूको चाहना र बदलिंदो परिस्थिति अनुरूप यूट्यूब मार्फत प्रसारण गर्न लागिएको जानकारी निर्देशक एबं कलाकार कृष्ण मल्लले दिए ।

यो सिरियल ग्लोबल अरेन्ज नामक यु ट्युब च्यानलमा हेर्न पाईने छ । विशुद्ध मनाेरञ्जन पस्कने यसकाे उद्देश्य रहेता पनि स्वास्थ्य ,साैन्दर्य र सामाजिक परिवेशका बिषयहरूलाई सिरियलले प्रस्तुत गर्नेछ ।

प्रत्येक शुक्रवार ५ वजे ‘श्रीमती जिन्दावाद’ यूट्यूबमा मार्फत सार्वजनिक प्रसारण हुनेछ । कृष्ण मल्लद्वारा निर्देशित यस धारावाहिकमा कृष्ण मल्लका साथमा शर्मिला मल्ल,रमेश बुढाथाेकी,सुभाष गजुरेल,नारायण त्रिपाठी,स्व.भिम बहादुर थापा,निला बस्नेत,रवि डङ्गाेल,उतम के सी , पल्लवी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ।

निर्देशक कृष्ण मल्लका अनुसार निकट भविष्यमा नै अर्काे धारावाहिक ‘ताताे न भुत्लाे’ सिरियल प्रशारण हुनेछ। जसकाे शीर्षक गित कृष्ण मल्लले लेखेको हुन भने सम्राट थापाकाे संगित र शंकर श्रेष्ठकाे आवाजमा गीत रेकर्ड भईसकेको छ ।