नेपाल आइडल प्रतिस्पर्धी मेघाको पहिलो अफिसियल गीत सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल,काठमाडौं । नेपाल आइडल सिजन ३ की प्रतिस्पर्धी ‘गोल्डेन माइक’ होल्डर मेघा श्रेष्ठको पहिलो अफिसियल गीतको भिडियो सार्वजनिक गरिएको छ। लोकेश बज्राचार्याको शब्द संगीतमा रहेको ‘पोल्छ’ बोलको गीतमा मेघाको आवाज रहेको छ। मेघा श्रेष्ठ नेपाल आइडल सिजन ३ को शिर्ष ५ सम्ममा पुगेकी थिइन्।

सार्वजनिक भिडियोमा मेघा श्रेष्ठ आफैंले अभिनय गरेकी छ्न भने गीतको भिडियोलाई निर्माण, निर्देशन र सम्पादन लोकेश बज्राचार्य स्वयम्ले गरेका छन्। लोकेश बज्रचार्य निर्देशक तथा सम्पादकको साथै नेपाल आइडल सिजन ३ का निर्देशक पनि हुन्।

रोहित जोन क्षेत्रीको साउण्ड अडियो प्रोडक्सन रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ विजु कर्मचार्यले गरेका हुन्।