अभिनेता संजय दत्त अस्पताल भर्ना



एजेन्सी। फिल्म अभिनेता संजय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । ६१ बर्षका दत्त अक्सिजनको लेवल कम भाको कारण अस्पताल भर्ना भएको बताईएको छ । अभिनेता दत्तको कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ। उनलाइ अहिले आइसियुमा राखिएको भारतीय मिडियाले समाचार लेखेका छन्। न्यूज एजेंसी एएनआईको अनुसार चिन्ता गर्नु पर्ने कुनै कारण छैन, अहिले संजय सामान्य अवस्थामा रहेका छन्।

संजय दत्तले ट्विटरमा हेल्थ अपडेट दिएका छन् । उनले लेखेका छन् ‘म सबैलाई बताउन चाहन्छु म अहिले ठिक छु,म अहिले मेडिकल अब्जरवेशन मा छु मेरो कोविड-19 रिपोर्ट नेगेटिभ आएको छ । लीलावती हस्पिटलका डक्टर, नर्स र स्टाफको मद्दतले छिट्टै घर फर्कनेछु। तपाईहरु सबैको शुभकामना र आशीर्वादको लागि धन्यवाद।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.