चलचित्र ‘हामी तीन भाइ’ फेरी बन्ने



सेलिब्रेटी नेपाल,काठमाडौँ। झन्डै १५ वर्ष अघि निर्माण भएको चलचित्र ‘हामी तीन भाइ’ फेरी बन्ने भएको छ। निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने चलचित्रका लागि कलाकारका रुपमा जयकिशन बस्नेत फाइनल भइसकेका छन् भने बाँकी कलाकार छनोट चरणमा छन्।

अघिल्लो चलचित्र ‘हामी तीन भाइ’मा शिव रेग्मीको निर्देशन रहेको थियो। चलचित्रमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, नन्दिता केसी र रेखा थापा प्रमुख भूमिकामा थिए।

नयाँ भर्सनको ‘हामी तीन भाइ’ साजित महत प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुनेछ। साजित महत प्रस्तुतकर्ता रहने चलचित्रमा किशोर मानन्धरको द्वन्द्व, सुभाष भुषालको संगीत र शिव विक तथा विक्रम तामाङको कोरियोग्राफी रहनेछ । चलचित्रको छायांकन तिहार पछि हुनेछ। निर्देशक शोभितका अनुसार चलचित्र पारिवारिक कथामा बन्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.