गरिमाको तीज गीतमा कोरोनाका कारण माइत जान नपाएको पिडा (भिडियो)



सेलिब्रेटी नेपाल, काठमाडौँ। कोरोना भाइरसको महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज गीत ‘फेरि पनि आयो तीज’ को भिडियो यूट्युबमा सार्वजनिक गरिएको छ । गरिमा हुमागाईंको स्वरमा रहेको गीतमा पुष्पा घिमिरेको शब्द र राम कार्कीको संगीत रहेको छ ।

कोरोना भाइरसको संक्रमणले जनजीवनमा पारेको असरलाई गीतमा उतारिएको छ । रिभान राईको निर्देशन रहेको गीतको भिडियोमा शान्त कार्कीको कोरियोग्राफी छ । अधिनायक मान शेरचनको सम्पादन रहेको गीतको भिडियोलाई सागर गौतमले खिचेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.