कोमलको तीज गीत ‘ढाकाको चोलीमा’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका कोमल राजभण्डारीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। गायिका कोमलले थुप्रै चलचित्रका गीतमा आफ्नो स्वर दिई सकेकी छिन्। ‘ढाकाको चोलीमा’ बोलकोगीतमा चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रचना रहेको छ भने संगीत मनोज राजभण्डारीको रहेको छ। सार्वजनिक भिडियोमा अनामिका चौलागाईं र जेनिशा मगर फिचर्ड छन्। दिपेन बस्न्यातले छायांकन गरेको भिडियोलाई मित्र गुरुङले सम्पादन गरेका छन्। देबेन्द्र मानन्धरले प्रस्तुत गरेको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.