अस्मिता र नबिनको ‘फुल बुट्टे सारी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। अस्मिता अधिकारी र नबिन कार्कीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘फुल बुट्टे सारी’ बोलको डान्सिङ्ग नम्बरमा मिरा देवी राईको शब्द तथा नबिन कार्कीको संगीत रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ। युवराज खत्रीले छायांकन तथा सम्पादन गरेको भिडियोमा मनिषा केसी,प्रविन थापा र अनिश तिमल्सिना फिचर्ड छन्।