गोपाल र प्रतिक्षाको रक ब्याटल ‘तेरो चटक’ सार्वजनिक



काठमाडौँ। गोपाल जिएम र प्रतिक्षा वाग्लेको स्वरमा रहेको रक ब्याटल भिडियो सार्वजनिक गरिएको छ। तेरो चटक बोलको ब्याटल रमाइलो बनेको छ। गोपाल जिएमको शब्द तथा संगीत रहेको ब्याटलको संगीत संयोजन कृष्ण बिकले गरेका हुन्। सार्वजनिक भिडियोलाई नबिन घर्ति मगरले निर्देशन तथा सम्पादन गरेको भिडियोमा महेश महराको छायांकन रहेको छ। भिडियोमा समुन्द्र वाग्ले,समुन्द्र पौडेल,रोहित बानिया,संगम शर्मा,एलिना ठकुरी सैश भट्ट फिचर्ड छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.