सिर्जना खत्री र टेक अधिकारीको मौलिक तीज गीत सार्वजनिक (भिडियो)



काठमाडौं । गायिका सिर्जना खत्री ( हाउडेमाया) को तिज कोसेली ‘छड्के तिलहरि ‘सार्बजनिक गरिएको छ ।गितमा सिर्जना खत्री र टेक अधिकारि को स्वर रहेको छ भने लय तथा शब्द रेशम प्रधानको रहेको छ।

गीतको शब्दले यस्तो भन्छ,

पचासै हजार तोलाको सुन यस्पाली तिजमा एक लाखै पुग्यो
छड्के छड्के तिलहरि किन्देउन भन्दा बुढोको मुख ठक्रक्कै सुक्यो
नलाउ भने मनैको रहर
लाउत जान्छ गोठैको बहर।

महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतमा नारीहरुको कथालाई नै लक्षित गरिएको छ । सार्वजनिक गीतमा कमेडियन यादव देवकोटा (सरापे ) र आयुष्मा कार्किको रोमान्चक अभिनय संगै उत्कृस्ट प्रस्तुति देख्न सकिन्छ भने गीतको भिडियो निर्देशन तथा सम्पादन युबराज खत्री ले गरेका छन।