अर्जुनरत्नको शब्दमा मेलिना राईले गाएको ‘जवानीको ऐना…’ सार्वजनिक


काठमाडौं। गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक गरिएको छ । गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुनरत्न भिखारीका शब्द रहेको ‘जवानीको ऐना’बोलको गीतमा आफ्नो सुरिलो स्वर भरेकी छन् । गीतको भिडियो एम.के प्रोडक्सनको युट्युव च्यानलमा सार्वजनिक छ ।

यो गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ । ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन् । गीतमा सञ्जीब बराइलीको गिटार, गोपाल घतानीको बाँसुरी, आई प्रोडक्सनका दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ ।

गीतको भिडियो आकर्षक बनेको छ । स्थापित निर्देशक युवराज वाइवाद्वारा निर्देशित भिडियोमा नग्मा श्रेष्ठ फिचर्ड छिन । उनलाई अन्य कलाकारहरुले साथ दिएका छन् । भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।