प्रकाशको ‘सिरु पाते’ सार्वजनिक


काठमाडौं। ‘सिरु पाते’बोलको गीत सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा एक कार्यक्रम गरि गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतमा विगत १५ वर्षदेखि अमेरिकामा रहेका गायक प्रकाश खत्रीको शब्द, संगीत र स्वर समावेश छ। भिडियो सार्वजनिक कार्यक्रममा पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, मुक्ति एण्ड रिभाएभल ब्याण्डका मुक्ति शाक्य लगायतका अतिथिहरुको उपस्थिति थियो।

गीतको भिडियोमा मञ्जिला मानन्धर फिचर्ड छिन्। प्रितम गुरुङको निर्देशन, खेम थापा मगरको छायांकन रहेको भिडियोलाई मेक बहादुर थापाले सम्पादन गरेका हुन्। डिजे एलएक्सको एरेन्ज रहेको गीतको भिडियो एम डि मिडियाले निर्माण गरेको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.