(सेलिब्रेटी नेपाल) ९ बैशाख-एनिमेटर सिमोश सुनुवार र नायक तथा निर्माता रेश मरठ्ठाको बिच ७ लाख रुपियाँ जरिवाना तिर्ने र १५ दिनमा ‘च्यालेञ्ज’ को सबै बाँकी काम सकाउने सहमती भएको छ । आफ्नो पारिश्रमीक साढे ६ लाख लिएका सिमोशले ७ लाख रुपियाँ ३ महिना भित्र ५ किस्तामा रेशलाई चुक्ता गरिसक्नु पर्नेछ । सिमोश र रेशको सहमती निर्माता संघका अध्यक्ष राजकुमार राई, महासचिव केशव भट्टराई र सचिव सुरेश दर्पण पोखरेलको रोहवरमा भएको हो । नेपाल चलचित्र निर्देशक समाज र निर्माता संघले जिल्ला प्रशासनलाई काटेको पत्रका आधारमा हिजो कमल पोखरी प्रहरी विटले निर्देशक सुनुवारलाई पक्राउ गरेको थियो । हिजो साँझ नै प्रहरीले सिमोशलाई रेशसँग सहमती गरेर आउन भनी तारेखमा छाडेको थियो ।
सम्बधित पोस्टहरु
चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति हेरफेर
काठमाडौँ। विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’ को प्रदर्शन मिति प्रदर्शन मिति हाललाई स्थगित गरि हेरफेर गरिएको छ। कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक...
नाजिर र सृष्टिको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक
काठमाडौं । यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ । देशका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ अंकित पोस्टर टासेर प्रचारप्रसारको...
अनमोल को सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त
काठमाडौं । अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ । ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको हो । सिनेमाको प्रमुख कलाकारमा भुवन केसी, बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा...
बिकेबाट पूर्णे बनेका बरालको काँधमा ‘पूर्ण बहादुरको सारङ्गी’
काठमाडौँ। आगामी १५ गते बिहिवार अर्थात् लक्ष्मी पूजाका दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ यति बेला तीव्र प्रचारमा छ । चलचित्रमा पूर्ण बहादुर अर्थात् पूर्णेको चरित्रमा छन् कलाकार विजय बराल । गन्धर्व...
सिनेमा ‘अग्निदहन’ को गीत ‘दाइ दाइ नभन मलाई’
काठमाडौं । बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत...
‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने
काठमाडौँ। अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै सिनेमा नेपालमा कार्तिक ३०...