टिकटक स्टारहरुको ‘ठिक छैन है चाला’सार्वजनिक [भिडियो]



सेलिब्रेटी नेपाल। कोरोना कहर कम भएसंगै नेपाली गीत संगीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ‘ठिक छैन है चाला’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा सामाजिक संजाल टिकटकमा सक्रिय र राम्रो फलोवर्स कमाएका शृजन भट्टराई,पुरुषोत्तम सिग्देल,अश्मिता दाहाल,सुमन भट्टराई,नेहा शर्मा कुइकेल र निरुता शाही फिचर्ड छन्।

सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्। बिष्णु खड्काले सम्पादन तथा कलर करेक्सन गरेको भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.