आकाश र योगिताको प्रेम ! (भिडियो)



सेलिब्रेटी नेपाल। कोभिडको महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप प्रेमिल गीत सार्वजनिक गरिएको छ । गीतकार रमेश काफ्लेले सानै देखि गीत रचनाको क्षेत्रमा कलम चलाउदै आए पनि यो नै पहिलो सार्वजनिक गरिएको गीत हो ।

सार्वजनिक “तिम्ले मलाई बुझेनौ भने” बोलको गीतमा प्रताप दासको स्वर, राजकुमार बगरको संगीत, संजिब बराइलीको संगीत संयोजनमा रहेको छ । यस गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ओएसआर डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा आकाश श्रेष्ठ र योगिता दाहालको अभिनय रहेको छ ।

भिडियो निर्माण कार्यमा उत्सब दाहालको क्यामरा, सम्पादन विष्णु खड्का (आर्यन) तथा सुभम भुजेलको कोरियोग्राफी रहेको छ । भिडियोको सहायक निर्देशक साइव्रत आचार्य हुन् ।