मौलिक तीज गीत ‘आँगनिमा’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा रहेको तिज गीत ‘आँगनिमा’ सार्वजनिक गरिएको छ । डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीतमा शब्द तथा लय कलशी रोकायाको रहेको छ ।

भिडियोको निर्देशन प्रभावन जेले गरेका हुन् । सारिका केसी, चक्र बम, रश्मि भट्ट, प्रल्हाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, भुवन विक, बाल कलाकार कौशल बलायर, नवोदिता गिरि र दिप्ति रतालाले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । राजाराम गौतमले सहायक निर्देशन गरेको भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.