‘बारपाकी माया २’ बन्ने,कलाकारहरु अडिसन मार्फत छान्ने



सेलिब्रेटी नेपाल। गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ।

‘बारपाकी माया २’ मा बिसेष गरेर बारपाकको जन जीवन र त्यहाँको रहन सहनलाई बिसेष रुपमा समेटिने छ। करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायाँकन उत्तरी गोर्खाको बारपाक,लाप्राक,मम्चे डाँडा,धार्छे जस्ता रमणीय स्थानहरुमा गरिनेछ।

२०७२ सालको महाभुकप्म अघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो महाभुकम्पले उक्त गाउँ तहस नहस भएको थियो अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ। लक डाउनको समाप्ति संगै नेपाल सरकारले छायांकन गर्ने अनुमति दिना साथ छायाँकनमा जाने तयारीमा रहेको छ।

‘बारपाकी माया’ लाई दर्शकहरुले रुचाएको कारण नै यसको सिक्वेल निर्माण गर्न लागिएको हो। चलचित्रमा केहि कलाकार पुराना दोहोरिने र धेरै नयाँ रहने छन्। चलचित्रको लागी कलाकारहरु अडिसन मार्फत छानिने छ। चलचित्र निर्माण कम्पनीले चलचित्रमा काम गर्न चाहनेहरुले अडिसनमा भाग लिन आव्हान गरेको छ।

चलचित्रलाई रोधी डिजिटल स्टुडियोका प्रितम गुरुङले निर्देशन गरेका हुन् । ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ लाई पनि निर्देशक प्रितम गुरुङले नै निर्देशन गर्ने छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.