काम नसकिदिएर झुलाई राखे पछि एनिमेटर सिमोस सुनुवारलाइ प्रहरीले पक्राउ


 

(सेलिब्रेटी नेपाल) ८ बैशाख-तीन वर्षदेखि चलचित्र च्यालेन्जको एनिमेसनको काम नसकिदिएर झुलाई राखे पछि वाध्य भएर प्रसासन गुहारेका निर्माताहरुको उजुरीको आधारमा  एनिमेटर सिमोस सुनुवारलाइ प्रहरीले आज पक्राउ गरेको छ । च्यालेन्जक निर्माता रेश  मरहठ्ठा हुन् ।
प्रहरी परिसर हनुमान ढोकामा निर्माता लगायत निर्माता संघ र निर्देशक समाजले उजुरी दिएपछि हनुमान ढोकाले कमलपोखरी प्रभागलाइ पक्राउ गर्न आदेस दिएको थियो । त्यसै अनुरुप कमल पोखरी प्रहरीले सुनुवारलाइ पक्राउ गरि हनुमान ढोकामा वुझाएको छ । चलचित्र च्यालेन्जका निर्देशक श्याम भट्टराइका अनुसार  सिमोसलाइ काम सकिदिन वारम्वार अनुरोध गरेको तर काम नगरिदियपछि वाध्य भएर चलचित्र निर्माता संघ र निर्देशक समाजमा उजुरी दिएको आधारमा ती दुइ सस्थाको पहलमा सिमोसले काम सकिदिने कागज पनि गरेका थिय । तर उक्त कागजमा गरिएको काम सकिनु पर्ने मितिमा पनि सिमोसले काम नसकिदियपछि  जिल्ला प्रसासनमा उजुरी गरिएको थियो । त्यहि अनुरुप सिमोस पक्राउ परेका हुन ।