जीवन र लक्ष्मीकाे ‘रुँदा रुँदै हाँसेको मान्छे’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। ‘जेल पनि सहुँला’ को सफलतापछि लक्ष्मी वर्देवा र जीवन भट्टराईले रुँदा रुदै हाँसेको मान्छे नामको अर्काे भिडियो सार्वजनिक गरेका छन् । रेडियो नेपालद्धारा २०७२ सालमा आयोजित खुल्ला आधुनिक प्रतियोगीतामा दोश्रो भएको उक्त गीतमा गाेपालचन्द्र राईकाे शब्द, बिक्रम राईकाे संगीत र सागर संसार राईले स्वर दिएका छन ।

सार्वजनिक भिडियाेमा जीवन र लक्ष्मीकाे प्रेमलाई प्रस्तुत गरिएकाे छ । मर्मस्पर्शि गीतकाे भिडियाेमा बुद्व थापाकाे छायांकन, बिष्णु खड्काकाे सम्पादन र जीवन र लक्ष्मीले नै भिडियाेकाे निर्देशन गरेका छन् ।