अमिताभ बच्चनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ



एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि परीक्षणका क्रममा कोरोना संक्रमित भएको पाइएपछि १२ दिनदेखि मुम्बइको नानावटी अस्पतालमा उपचाररत अमिताभको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । यद्यपि उनलाई अझै केहि दिन अस्पतालमा डाक्टरको निगरानीमा राखिने बताइएको छ ।

अस्पताल सूत्रको अनुसार दैनिक भास्करले लेखे अनुसार उनका छोरा अभिषेक बच्चनका सबै रिपोर्ट नेगेटिभ आएका छन् । ७७ वर्षका अमिताभ र ४४ वर्षीय अभिषेकका अलावा ४६ वर्षकी ऐश्वर्या राय र ८ वर्षकी आराध्या पनि पोजेटिभ पाइएका थिए । सबैको उपचार नानावटी अस्पतालमै भइरहेको छ । सुरुमा अमिताभ र अभिषेक अस्पताल भर्ना भएका थिए त्यसपछि ऐश्वर्या र आराध्या पनि अस्पताल भर्ना भएका हुन् । बुधबार चारै जनाको परीक्षण गरिएको थियो । ऐश्वर्या र आराध्याको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.