शम्भु र अञ्जुको ‘एनी हौ आँखैमा झलझली’ [भिडियो]


काठमाडौं। ‘चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें …,’जस्ता चर्चित गीतका गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ। पूर्वेली लोक गीतका बादशाहका रुपमा समेत चिनिने शम्भुले ‘एनी हौ आँखैमा झलझली’बोलको गीत ल्याएका हुन्।

शम्भुलाई आवाजमा गायिका अञ्जु गौतमले साथ दिएकी छिन्। अञ्जुले सय बढी गीतमा आवाज दिईसकेकी छिन्। उनी पूर्वेली लोक गीत संगीतमा अब्बल मानिएकी गायिका हुन्।

‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द/संगीत पनि गायक शम्भुकै रहेको छ।

गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिँह लगायतलाई फिचरिङ गरिएको छ। अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन्। गीतलाई श्रद्दा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको हो। केही दिनअघि सार्वजनिक गीतलाई अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन्।

हेर्नुस भिडियो :