अभिनेता हमाललाई शोक



सेलिब्रेटी नेपाल। अभिनेता राजेश हमालका एक मात्र भाइ राकेश हमालको निधन भएको छ । उनको नयाँ दिल्लीमा कलेजोको समस्याका कारण उपचारको क्रममा निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको राजेश हमालका भिनाजु खगेन्द्र जिसीले पुष्टि गरेका छन् । राकेशका श्रीमती र दुई छोराछोरी रहेका छन् ।

राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको छ । पछिल्लो समय राकेश राजेश हमालसँगै बस्दै आएका थिए । कलेजोको समस्या भएका कारण उपचारणका लागि केही दिन अगाडी राकेशलाई दिल्ली लगिएको थियो । दिल्लीस्थित ह्याम्स अस्पतालामा उपचारको क्रममा निधन भएको खगेन्द्रले फिल्मी फण्डासँग पुष्टि गरेका हुन् । कलेजो ट्रान्सप्लान्टको क्रममा उनको निधन भएको बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.