नायक नायिकाको सगरमाथा चढ्ने सपना तुहियो


(सेलिब्रेटी नेपाल) ८ बैशाख-नायिका निशा अधिकारी र नायक अर्जुन कार्की संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमति पत्र नलिइकनै बिश्वको सवौच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका छन्।
सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) मा सगरमाथा आरोहीको अनुमतिपत्र मन्त्रालयबाट आएको पत्रमा नायिका अधिकारी र नायक कार्कीको नाम नभएपछि अनुमतिबिनै सगरमाथा चढ्न लागेको खुलासा भएको हो।
सेभन समिट टे्रक एक्स्पीडिसनबाट सगरमाथा आरोहण गर्न लागेका उनीहरु अहिले सगरमाथाको आधार शिविरमा छन्। पर्यटन मन्त्रालयबाट सगरमाथा आरोहण अनुमतिपत्र नलिई आधार शिविरभन्दा माथि जाने अनुमति हुँदैन।

‘नायिका अधिकारीलाई मेगा बैंकले प्रायोजन गरेको छ र सो बैंकको लोगो अङ्कित झन्डा पनि लिएर आएकी छिन्, यो सबै कानुनविपरीत हो’ ती हाई अल्टि्च्यूड वर्करले बताउनुभयो।पर्यटन मन्त्रालयका प्रवक्ता मोहन सापकोटाले निशा अधिकारी र अर्जुन कार्की हाई अल्टिच्यूड वर्करको रुपमा गएको बताउनुभयो। ‘हाई अल्टिच्यूड वर्करको काम आरोहण दलका सदस्यलाई सगरमाथाको शिखरसम्म पुर्‍याउने काम हुन्छ। तर अधिकारी र कार्कीले त्यस्तो काम गर्न सक्दैनन्, त्यसैले उहाँहरुले आरोहण अनुमतिपत्र लिएर गएको भए राम्रो हुने थियो’ प्रवक्ता सापकोटाले भन्नुभयो।हाई अल्टिच्यूड वर्करलाई एक्स्पीडिसन टोलीले तलब भक्ता दिनु पर्दछ तर उनीहरुलाई तलब भक्ता दिनुको सट्टा उल्टै सेभन समिटले रु दस/दस लाख लिएको छ।सगरमाथा आरोहण गर्नको लागि स्वदेशी तथा विदेशीले प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर राजस्व बुझाउनु पर्दछ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.