निर्माता सुशील पोखरेल भन्छन् : ‘जय शिव शंकर २’ बनाउन तयार छु, कलाकारहरु नाफाको प्रतिशतमा काम गर्न तयार हुनुपर्यो


काठमाडौं। कोरोना भाइरस (कोभिड १९)पछि नेपाली चलचित्र कस्तो अवस्थामा पुग्ने हो? कहिलेदेखि गतिशील हुने हो? कुनै टुंगो छैन्। कोरोनाले थलिएको चलचित्र उद्योग बचाउन सबै एकजुट हुनुपर्ने आवाज उठिरहेको छ।

लामो समयदेखि चलचित्र निर्माणमा सक्रिय सुशील पोखरेल चलचित्र उद्योगलाई अगाडि बढाउन आफू सुपरहिट चलचित्र ‘जय शिव शंकर’को सिक्वेल बनाउन तयार रहेको बताएका छन्। चलचित्र उद्योग बचाउने दायित्व कलाकारको पनि भएको बताउँदै त्यसका लागि अहिलेका कलाकारहरु नाफाको प्रतिशतमा काम गर्न तयार हुनुपर्ने सुशीलले बताएका छन्।

उनी भन्छन्, ‘कलाकारको पनि दायित्व हो, इण्डष्ट्रि बचाउने, छक्का पञ्जा टीमले जस्तै नाफाको प्रतिशतमा काम गर्छु। निर्माताको पैसा नउठेसम्म १ रुपैयाँ पनि लिन्न भन्ने हिम्मत गर्नुपर्यो।’ राजेन्द्र उप्रेति निर्देशित चलचित्र ‘जय शिव शंकर’ व्यवसायिक सफल चलचित्र हो। सुशीलले पछिल्लो पटक ‘यात्रा’ नामक चलचित्र निर्माण गरेका थिए। उनी चलचित्र वितरक समेत हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.