नेपालमा समेत छायाँकन गरिएको हिन्दि फिल्म ‘यारा’ ट्रेलर सार्वजनिक



सेलिब्रेटी नेपाल। नेपाली चलचित्रकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । ट्रेलरमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका दृश्य समेत देख्न सकिन्छ । बलिउडका एक्सन स्टार विद्युत जामवालको प्रमुख भूमिका रहेको चलचित्रलाई तिग्मांशु धूलियाले निर्देशन गरेका हुन् । चलचित्रमा श्रुति हसन, अमित साध र विजय वर्माको पनि प्रमुख भूमिका छ । फिल्मको केहि दिन अघि टिजर सार्वजनिक भएको थियो ।

फिल्मको छायांकन २०१४ मा नै भएको हो। नेपालमा छायाँकन गर्दा नेपालबाट थुप्रै नेपालीले काम पाएका थिए। नेपालबाट लाइन प्रोडुसर केशव घिमिरे,नेपाल प्रोडक्सन डिजाइनर प्रकाश महरा र यम ओली,प्रोडक्सन मेनेजर अनन्त तिमल्सिना र मनोज केसी तथा नेपाल कास्टिंग डाइरेक्टर लक्ष्मण रिजाल रहेका छन्।