शिशिरको ‘फोटो फिरिममा’ मेल भर्जन सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। दर्शक श्रोताले रुचाएको गीत ‘फोटो फिरिममा’ को मेल भर्जन सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गीतमा प्रताप दासको आवाज रहेको छ। यस भन्दा अगाडि फिमेल भर्जनमा नेपाल आइडलबाट चर्चामा आएकी रचना रिमालले आवाज दिएकी थिइन् । सार्वजनिक गीतमा शिशिर भण्डारीको शब्द तथा संगीत रहेको छ।

भिडियोमा शिशिर भण्डारी, रिस्ता बस्नेत, निक शर्मा, श्रद्धा गौतम, नीरआयु गौतम र निर्मल न्यौपानेको अभिनय रहेको छ। भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कथा तथा परिकल्पना शिशिर भण्डारीकै रहेको छ। अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् भने रंग संयोजन दिन्सन शाहले गरेका छन् । गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।