‘छन् छन् चुरा’ मा रियासा र सुधिरको छमछमि (भिडियो)



सेलिब्रेटी नेपाल। मेलिना राई र सुरज श्रेष्ठको आवाजमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। प्रिस्पन कार्कीले निर्देशन गरेको ‘ छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा शंकर लामिछानेको शब्द र संगीत रहेको छ।

गीतको भिडियोमा रियासा दाहाल र सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ । यस गीतलाइ बुद्ध स्याङ्गबाले एरेन्ज गरेका हुन् भने भिडियोको छायांकन नरेश अयेरले गरेका हुन्। त्यसैगरी यस गीतको भिडियो नविन निरौलाले सम्पादन तथा कलर गरेका छन्। क्यानाडा नेपालको अफिसियल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।