तीज गीत ‘बेसारे माया’ सार्वजनिक(भिडियो)



सेलिब्रेटी नेपाल। अमृत भारती र रमुना कार्कीको आवाजमा नयाँ तीज गीत ‘बेसारे माया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा लय गायक भारतीले नै गरेका छन् । ‘बेसारे माया’ बोलको गीतमा राम कुमार नेपाली , आशा ,निर्मालाले पनि अमृतलाई कोरस गायनमा साथ दिएका छन् ।

गीतको म्युजिक भिडियोमा सन्जिव ठकुरी , रमुना कार्कीको अभिनय रहेको छ । भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका छन् भने विरेन्द्र भट्टले छायाँङ्कन गरेका छन् । भिडियो भारती पिक्चर्सको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।