(सेलिब्रेटी नेपाल) ८ बैशाख-आज भन्दा १५ बर्ष अघि सुपरहिट बनेको चलचित्र करोडपतिको दोस्रो भाग करोडपति-२ बन्ने भएको छ । नायक भुवन केसीले नै निर्देशन गर्ने यस चलचित्रमा नायकको रुपमा भने उनकै छोरा अनमोल केसी रहने भएका छन् । जेठको दोस्रो साता सुटिङ सुरु हुने चलचित्रको स्क्रिप्ट काम भइरहेको छ। यस चलचित्रका लागि पुरानै करोडपतिका लेखक ब्रजेश खनालले कथा तथा पटकथा लेख्ने भएका छन् ।हाल लोकेसन हेर्नमा व्यस्त भएकाले अन्य कलाकारहरु फाइनल भइसकेका छैनन्। करोडपतिको तुलनामा युवा पुस्ताको कथा चलचित्रमा समावेश गरेको छु। त्यसैले अनमोलले गेटअप पनि परिवर्तन गर्नेछन्। फिल्ममा दुई पुस्ताका कथालाई प्रस्तुत गरिनेछ,’ भुवन केसीले भने। चलचित्र काजोल्स फिल्मस्बाट निर्माण हुन लागेको हो। आगामी जेठ दोस्रो सातादेखि छायांकन सुरु गरिने यस चलचित्रको लोकेसन भने काठमाडौँ र मलेसिया हुने भएको छ ।
सम्बधित पोस्टहरु
‘कबड्डी ५’ अग्रिम टिकट बुकिङ खुल्ला
सेलिब्रेटी नेपाल। यस वर्षको प्रतिक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यो सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिासम्म उच्च शो पाउने देखिएको हो । हालसम्म सिनेमाले देशको ठुलो...
‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक,रोमान्टिक देखिए उपासना र सोनम
सिनेमा आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुनेछ ।
दशैँमा भिड्दै ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’, पल र समीरमध्ये कसले तान्ला बढी दर्शक?
दुवै चलचित्रले दर्शकमाझ आ–आफ्नै किसिमको प्रभाव छाड्ने लक्ष्य राखेका छन्।
रहस्यको पर्दा उघार्दै ‘पाँच पाण्डव’ को ट्रेलर–१ सार्वजनिक
सेलिब्रेटी नेपाल । आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले चलचित्रका प्रमुख पात्रहरूलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै कथाप्रति दर्शकको...
‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’ राजकुमार श्रेष्ठ निर्माता हुन्
‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
सेलिब्रेटी नेपाल । विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट...





