आशिष सचिनको ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । ‘पिरिम नलाउने’ समूहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो ।

गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको ‘गलबन्दी पच्छ्यौरी’ लाई चार दिन लगाएर खिचिएको हो । ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन् । ‘पिरिम नलाउने’कै संगीतकार दीपक शर्माको शब्द तथा संगितमा रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

गीत तथा भिडियोमा प्रायः ‘पिरिम नलाउने’ कै टिमको सहभागीता रहेको छ । गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ । ओएसआर को आधिकारी युट्युव च्यानलमा सार्वजनिक भएको यस गीतको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन भने यसमा नविन निरौलाको सम्पादन रहेको छ ।