रुपक डोटेलको ‘राम कथा’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। रुपक डोटेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘राम कथा’ बोलको गीतमा शिव सुवेदीको शब्द तथा संगीत रहेको छ । गीतकार शिव सुवेदीकै युट्युब च्यालन ‘शिव सुवेदी’बाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा संगीत सँयोजन भने महेश बिक्रम पाण्डेको छ ।

प्रदीप कँडेलले निर्देशन गरेको भिडियोमा प्रेमको बियोगान्त ‘राम कथा’ प्रस्तुत गरिएको छ । युवतीहरुको चक्करमा लाग्दा युवाहरुले भोग्ने रामकहानीलाई आफुले त्रिकोणात्मक कथ्य शैलीमा यो भिडियोमा उतारेका उनले बताएका छन् । शोभाकर पन्थ र स्वर पोखरेलले छायांकन गरेको भिडियोको सम्पादन प्रदीप कँडेलले गरेका हुन्। भिडियोमा सुरज पन्थले वास्तविक अभिनय गरेका छन्।