सञ्चारकर्मी ज्ञवालीको छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक [भिडियो]


काठमाडौं। सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक गरिएको छ।

चलचित्र बिहीबार ‘द सेलिब्रेटी टाइम्स’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस छोटो चलचित्रमा शीर्ष भुमिकामा अभिविन्द खनिया र वर्षा भण्डारीको अभिनय हेर्न सकिन्छ। त्यस्तै अनिकेत अधिकारी र प्रख्यात घिमिरेले समेत यसमा अभिनय गरेका छन्।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न गरिएको लकडाउनका कारण एक मध्यमवर्गीय युवामा परेको आर्थिक समस्यालाई छोटो चलचित्रमार्फत देखाउन खोजिएको छ।

चलचित्रले सहरमा डेरा गरी बस्ने अधिकांश युवाको अहिलेको समस्या बोलेको छ। ‘लक डाउन’लाई निमा शेर्पाले छायांकन तथा सम्पादन गरेका हुन्। सञ्चारकर्मी ज्ञवालीले निर्देशन गरेको अर्को छोटो चलचित्र छिट्टै प्रदर्शन गर्ने तयारी छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.